काठमाडौं – काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल–बन्चरेडाँडा क्षेत्रको दीर्घकालीन व्यवस्थापनबारे पुनः बहस सुरु भएको छ। हालकै शैलीमा फोहोर संकलन गरी ल्यान्डफिल साइटमा थुपार्ने अभ्यासलाई निरन्तरता दिँदा भविष्यमा थप गम्भीर समस्या उत्पन्न हुन सक्ने भन्दै वैज्ञानिक र दीर्घकालीन व्यवस्थापन प्रणाली लागू गर्न सरोकारवालाले माग गरेका छन्।

यसै विषयमा चन्द्रागिरि नगरपालिका–६ का वडाध्यक्ष सञ्जय सिग्देलसहितको टोलीले सिसडोल–बन्चरेडाँडा क्षेत्रको स्थलगत अवलोकन गरेको छ। टोलीले फोहोर विसर्जनस्थलको अवस्था, फोहोर व्यवस्थापनको वर्तमान अभ्यास तथा त्यसबाट पर्न सक्ने वातावरणीय प्रभावबारे स्थलगत जानकारी लिएको जनाइएको छ। सिसडोलमा सुरुमा सीमित अवधिका लागि मात्र फोहोर व्यवस्थापन गर्ने योजना रहे पनि लामो समयसम्म फोहोर विसर्जन गरिदै आएको छ ।

सिसडोलको क्षमता सकिँदै गएपछि त्यसको विकल्पका रूपमा बन्चरेडाँडामा नयाँ ल्यान्डफिल साइट विकास गरिएको हो। तर, बन्चरेडाँडामा समेत वैज्ञानिक विधिअनुसार फोहोर व्यवस्थापन नगरे सिसडोलकै समस्या दोहोरिन सक्ने भन्दै स्थानीय तह तथा प्रभावित क्षेत्रका बासिन्दाले पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन्। विगतमा बन्चरेडाँडामा लिचेट व्यवस्थापन, दुर्गन्ध तथा खुला रूपमा फोहोर राखिएको विषयमा समेत स्थानीयले प्रश्न उठाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय