काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ मा शहरी हाट बजार लाग्ने भएको छ । वडा नम्बर–६ को प्राङ्गणमा माघ १९ र २० गते विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म हाटबजार लाग्ने भएको हो । गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम लिई व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी र मौलिक सीपमा आधारित व्यवसायको लागि अनुदान प्राप्त गरेका व्यवसायीले उत्पादन गरेको बस्तुहरु हाट बजारमा प्रदर्शन तथा बिक्री बितरणका लागि राखिने छ ।
वडाले हाट बजार अवलोकनका लागि उपस्थित भई दिन सम्पूर्ण नगरबासीलाई आग्रह समेत गरेको छ । वडा नम्बर ६ का अध्यक्ष सञ्जय सिग्देलले हाटबजारको तयारी तीब्ररुपमा भैरहेको जानकारी दिनुभयो । साथै उहाँले हाट बजार सफल बनाउन सम्पूर्ण नगरबासीको सहयोग रहने विश्वास पनि व्यक्त गर्नुभयो ।



यसअघि चन्द्रागिरि नगरपालिका विभिन्न मितिमा कार्यालय प्राङ्गणमै र विभिन्न वडाहरुले शहरी हाटबजार आयोजना गरिरहेका छन् ।



