काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पातल) को निर्देशकमा डा. श्रवण कुमार थापाले जिम्मेवारी पाएका छन् ।
न्याम्सका उपकुलपति प्रा.डा भुपेन्द्र बस्नेतका अनुसार अस्पतालका सहायक निर्देशक थापालाई अर्को व्यवस्था नहुनजेल सम्म निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो । बस्नेतले दैनिक प्रशासनिक कार्य संचालन गर्ने गरी थापालाई निमित्त निर्देशक जिम्मेवारी दिएको बताए । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले तत्कालिन निर्देशक डा. सन्तोष पौडेललाई गत शुक्रबार पदीय जिम्मेवारी नहरने गरी मन्त्रालयमा हाजिर हुन भन्दै पत्र पठाए पछि वीर अस्पातल निर्देशक बिहिन थियो ।



चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ निवासी डा. श्रवण कुमार थापाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पातल) को निर्देशकमा जिम्मेवारी पाएका हुन ।



