काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ स्थित मत्स्यनारायण मन्दिरमा विशेष आरती भइरहेको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरिबोधिनी एकादशी पर्वको अवसरमा मच्छेगाउँस्थित मत्स्यनारायण  मन्दिरमा आज विशेष आरती गरिएको हो ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह दामोदरसँग गरेर विशेष पूजा गरेका छन् । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँतिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी भनिएको हो । हरिशयनीदेखि हरि बोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् ।

आरतीमा जनप्रतिनिधि, स्थानीय, बुद्धिजिविलगायतको उपस्थिति रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय