भर्खरै सफलतापूर्वक सम्पन्न एघारौँ राष्ट्रिय महाधिवेशनको तयारी तथा स्वागतका लागि नागढुङ्गादेखि कलंकीसम्मको राजमार्ग क्षेत्रमा राखिएका फ्लेक्स ब्यानरहरू हटाइएको छ।चन्द्रागिरी नगर पार्टी कमिटीको अगुवाइमा आज बिहान ती ब्यानर हटाउने कार्य सम्पन्न गरिएको हो। नगर कमिटीका अनुसार उक्त अभियानअन्तर्गत राजमार्ग आसपास राखिएका करिब १०० वटा फ्लेक्स ब्यानर हटाइएका छन्।

ब्यानर हटाउने कार्यमा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ता तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो। अभियानमा सहभागी सबैलाई नगर पार्टी कमिटीले धन्यवाद व्यक्त गरेको छ। त्यसैगरी, ब्यानर सुरक्षित राख्न सहयोग पुर्‍याउने सम्पूर्ण नगरबासीप्रति पनि आभार प्रकट गरिएको छ। नगर कमिटीले सार्वजनिक स्थानको स्वच्छता र व्यवस्थापनमा सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय