काठमाडौं- चन्द्रागिरिमा आगामी २०८१-०२-२७ गतेबाट प्रथम वनदेवी, चन्द्रागिरि सास्कृतिक व्याचन्द्रागिरिपार पर्यटन महोत्सव २०८१ हुने भएको छ । प्रथम सास्कृतिक व्यापार पर्यटन महोत्सवको बारेमा जानकारी दिन आयोजीत पत्रकार सम्मेलनमा वडा न ७ घुमाउनेमा आयोजना गर्न लागीएको जानकारी गराईएको छ ।




चन्द्रागिरि पर्वत शृङ्खलाको काखमा अवस्थित चन्द्रागिरि नगरपालिका ऐतिहासिक,सांस्कृतिक एवं पर्यटकिय सुन्दर नगरको साथसाथै काठमाडौं प्रवेश गर्ने मुख्य प्रवेशद्वार रहेको र चन्द्रागिरि पर्वतको फेदमा अवस्थित घुमाउनेमा यस समितिले विशाल रुपमा महोत्सव आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । आयोजित पत्रकार सम्मेलनमा महोत्सवको सम्पूर्ण तयारी सकीएको र अब तत्कालै महोत्सव आयोजनास्थलमा वाउण्डी थता स्टल निर्माण लगायतका अन्य कार्यको लागी तयारीमा जुटेको जानकारी गराएको छ । महोत्सवमा ५० भन्दा बढी विभिन्न प्रकारका महात्व झल्कीने विशेषता सहितको स्टलहरु उपलब्ध गराईने समेत पत्रकार सम्मेलनलमा आयोजकले जानकारी गराएको छ ।
महोत्सवमा दैनिक जिवनमा प्रयोगमा आउने दैनिक अपभोग्य सामाग्रीहरु, विभिन्न खानाका परिकार,हस्तकला,चित्रकला,वास्तुकलाका सामाग्रीहरु,कृषिजन्य उत्पानहरु तथा कृषि औजारका सामाग्रीहरुको प्रदर्शनी,साँस्कृतिक,व्यापार तथा पर्यटकीय सामाग्रीको विक्री तथा प्रदर्शनी गरिने जानकारी गराइएको छ । महोत्सवलाई व्यवस्थित बनाउन ११ जना संचालक समितिको साथै मुल समारोह समिति ३१ सदस्य बनाउने समेत जानकारी दिईएको छ । महोत्सवमा आवश्यकता अनुसार व्यापक रुपमा स्वंयम सेवकहरु खटाईने समेत जानकारी गराईएको छ । यसका साथै महोत्सवलाई व्यवस्थित बनाउन प्रवेश शुल्क विद्यार्थीकालागी रु ५० र अन्यकालागी रु ७० तोकिएको छ साथै अपाङगता भएका र ६० वर्ष माथीका वृद्धवृद्धाहरुलाई महोत्सवमा निःशुल्क प्रवेशको व्वस्था गरिएको समेत आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।



