काठमाडौं । काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा सरकारले चाडपर्वलक्षित सुपथ मूल्य पसल संचालनमा आएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले सुपथ मूल्य पसल संचालनमा ल्याएका हुन् ।
अघिल्ला वर्षहरुमा तामझामका साथ पसलहरुको शुभारम्भ गरिए पनि यो वर्ष औपचारिक कार्यक्रम बिना नै सुरु गरिएको छ ।



खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चामल, मसलाजन्य सामाग्रीहरु, केराउ, दाल, तेलहरु विक्रीमा राखेको छ । साथै चामल, गहु, दाल, केराउ, चिनीमा प्रतिकेजी ५ रुपैँया छुट दिइएको छ ।
यस्तै, चिउरा, आँटा, पिठो, मैदा, चियापत्ती जिरा, धनियाँ, मसला, तेलमा प्रतिकेजी ७ रुपैयाँका दरले छुट दिइएको छ ।
खाद्यले सिमी, फापर तथा मार्सी र बासमती चामलमा प्रतिकेजी १० रुपैयाँ छुट दिएको छ ।



