दसैं, तिहार तथा छठलगायतका महत्वपूर्ण चाडबाड नजिकिएसँगै विदेशबाट धमाधम सामान आयात भइरहेका छन् । लत्ताकपडा, विद्युतीय उपकरण, मोबाइल टेलिफोन लगायतका वस्तुहरुको आयात बढेको भन्सार विभागले जनाएको छ ।

दसैं, तिहार तथा छठलगायतका महत्वपूर्ण चाडबाड नजिकिएसँगै विदेशबाट धमाधम सामान आयात भइरहेका छन् । लत्ताकपडा, विद्युतीय उपकरण, मोबाइल टेलिफोन, खाने तेल, एल पि ग्यास, मसला, दाल, चामल, गेडागुडी लगायतका वस्तुहरुको आयात बढेको छ । यस्तै, गाडी तथा मोटरसाइकललगायतका वस्तुको आयात पनि बढेको छ र यस्तावस्तु ल्याउने क्रम अझै जारी रहेको भन्सार विभागले जनाएको छ ।

गत आर्थिक वर्षको दुई महिनाको तुलनामा यसपटक चाडपर्व लक्षित करिब १ दर्जन वस्तुको आयातमा वृद्धि भएको छ । गत आर्थिक वर्षका तुलनामा हाल सम्म ६ प्रतिशत सम्मले आयातामा वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । विभागका अनुसार नयाँ तयारी पोसाकको आयात ४३.८८ प्रतिशतले बढेको छ ।

यसपटक ७ अर्ब १८ करोड ५३ लाख ५७ हजार रुपैयाँ बराबरका तयारी कपडा आयात भएका छन् । यस्तै जुत्ताको आयात पनि ३३.३२ प्रतिशतले बढेको छ । २ अर्ब २५ करोड २२ लाख रुपैयाँ बराबरका जुत्ता आयात गरिएका छन् । चामल, गेडागुडी जस्ता खाद्यान्न पनि २२.८१ प्रतिशतले बढेर ९ अर्ब ३१ करोड ३ लाख ८८ हजार बराबरको भित्रिएको छ ।

विभागको अनुसार सबैभन्दा बढी आयात हुने सात मुलुकबाट गरिने खरिद पनि तुलनात्मक रूपमा कमी आएको छ । अस्ट्रेलिया, फ्रान्स, ओमन, अमेरिका, इन्डोनेसिया र अर्जेन्टिना बढी आयात हुने मुलुक हुन् । पछिल्लो समय भारतले चामलको निर्यातमा कडाइ गरेकाले यसको आयातमा पनि कमी आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय