सिन्धुली – सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीबाट चाडपर्व लक्ष्यित सवारी दुर्घटना रोकथाम अभियानको शुरुवात गरिएको छ । नेपालीहरुको मुख्य चाडपर्वहरु दशै तिहार छठपर्वमा जिल्लाको वीपी,मध्यपहाडी र मदन भण्डारी राजमार्गमा सवारी दुर्घटना हुन नदिने उदेश्यले ती सडकमा सवारी दुर्घटना रोकथाम अभियानको शुरुवात गरिएको हो ।

कार्यक्रमका अवसरमा चाडपर्व लक्ष्यित सवारी दुर्घटना रोकथाम अभियानलाई सफल पार्नकालागि सार्वजनिक सवारीका साधनहरुका चालक तथा सहचालकहरुलाई प्रतिबद्धतामा हस्ताक्षर गराईएको थियो । नेपालीहरुको मुख्य चाडपर्वका अवसरमा राजमार्गहरुमा सवारी दुर्घटना रोक्नकालागि जिल्ला प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक प्रहरीले सो अभियानको थालनी गरेको हो । मुख्य चाडपर्वमहरुमा राजमार्गमा हुने सवारी दुर्घटना न्युनिकरण गर्न सवारी चालक,सहचालक तथा यात्रुहरु समेत सचेत भै ट्राफिक नियमहरुको कडाईका साथ पालना गर्नु सबैले प्रतिबद्धता जनाएका थिए । जिल्ला सदरमुकाम सिन्धुलीमाडीबाट संचालन गरिएको चाडपर्व लक्ष्यित सवारी दुर्घटना रोकथाम अभियान ट्राफिक पह्रीले सबै राजमार्गहरुमा सचालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय