काठमाडौं । चिकित्सकमाथि निरन्तर आक्रमण भएको भन्दै चिकित्सकहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । देशका विभिन्न अस्पतालमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले आज पनि माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन । आन्दोलनरत चिकित्सकहरुले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्नुपर्ने अडान राख्दै आएका छन् ।
दोषीलाई संरक्षण र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मुकदर्शक बनेको भन्दै चिकित्सक आक्रोशित छन । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु तीन दिनदेखि प्रदर्शनमा छन् ।






