चितवन । भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिङ सडकखण्डको सिमलतालमा पहिरासँगै बगेर त्रिशूलीमा खसेका दुईवटा बसको खोजी अझै जारी छ । घटना भएको १२औँ दिन वितिसक्दा पनि बसको कुनै अत्तोपत्तो लागेको छैन ।

घटनास्थल सिमलतालबाट घुमाउने हुँदै केराबारीसम्म शंकास्पद वस्तु देखिएपछि पुनः सोही ठाउँमा खोजी गर्न लागिएको छ । नेपालको सुरक्षाकर्मीसहित भारतको ‘राष्ट्रिय आपदा मोचन बल–नेशनल डिजास्टर रेस्पोन्स फोर्स’ को प्राविधिक टोलीद्वारा संयुक्त खोजी भइरहेको छ ।

आइतबारदेखि सोनार क्यामेरासहित खोजी थालेको संयुक्त टोलीले सिमलतालबाट घुमाउने, देवघाट, काभ्रेघाटसम्मको क्षेत्रमा खोजतलास गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय