करिव १० बर्ष जापानमा रेष्टुरेन्टमा काम गरेका चितवनका कृष्ण पौडेलले भरतपुरमा जापानिज रेष्टुरेन्ट संचालन गरेका छन्। याप्पारी स्टेक जापानमा अत्यन्तै प्रख्यात रेष्टुरेन्टको फ्रेन्चआइज लिएर उनले भरतपुर १० स्याउलीबजारमा रेष्टुरेन्ट शुरु गरेका हुन्। पत्रकार सम्मेलनमा उनले करिव २ करोड लगानीमा सो रेष्टुरेन्ट शुरु गरेको बताए ।
सन् २०१५ बाट सुरु भइ छोटो समयमानै हालसम्म १ सय २० वटा साखा खोल्न सफल याप्पारी स्टेकको यो बिदेशमा पहिलो शाखा भएको यापारी स्टेकका मुख्य संचालक यासिमोतो दाईजोले बताए । सयौ कर्मचारी मार्फत दैनिक हजारौं ग्राहकलाई सेवा दिएर रेष्टुरेन्टको क्षेत्रमा प्रख्याती कमाएको याप्पारीले जापान बाहिर पहिलो शाखा नेपालको चितवनमा बिस्तार गर्दा खुशी लागेको उनले बताए ।



भरतपुर महानगरपालिका वडा नं १० स्थित स्याउलीबजारचोकबाट २० मिटर भरतपुर माबी रहेको सडकमा याप्पारी स्टेक छ। याप्पारी स्टेकको बिशेषता ढुङ्गामा मासु पकाएर खुवाउनु हो। विशेष प्रकृतिको यो ढुङ्गा करिव २ सय ५० डिग्रिको तापक्रममा तताइन्छ र सोही ढुङ्गामा मासु पोल्न शुरु गरिन्छ। आधाआधि मासु पाकिसकेपछि ग्राहकलाई ढुङासहित पस्किने छ र ग्राहकले चाहना अनुसार आफै फर्काइ फर्काइ पोलेर विभिन्न प्रकृतिकोअचारको स्वाद सहित खान सकिने संचालक पौडेलले जानकारी दिए ।
करिव १ घन्टा सो ढुङ्गा तातो रहनेछ। सो रेष्टुरेन्टमा चिकेन मटन र पोर्क को बिभिन्न भागको मासु ढुङ्गा र ग्यासमा समेत आँफैले पोलेर खान पाइने बिशेषताले नै जापानमा याप्पारी सबैको बेष्ट भएको ग्रुपका मुख्य संचालक योसिमोतो दाइजो बताउछन्।नेपाली पनि फरक फरक स्वादका पारखी भएको र नेपालमा फरक शैलीको स्वादका लागि याप्पारी नै रोज्ने विश्वास उनको छ।
ढुङ्गामा पोलेको मासुको परिकारसँगै सुप,सलाद,उमारेको गेडागुडी ग्राहकले आफ्नो चाहना अनुसार जतिपनि खान पाउनेछन्। एकपटक ढुङ्गामा पोलेको मासुको परिकार र उल्लेखित सुपसलाद मटन,चिकेन र पोर्कको फरक फरक रु १ हजारबाट मूल्य शुरु छ। सधैं बिदेशमा बस्नुभन्दा सीप सिकेर नेपालमा फर्केर काम गर्ने उदेश्यले आफुले परिबारसहित नेपालमा काम शुरु गरेको संचालक पौडेल बताउछन्।



