मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ स्थित ऐतिहासिक चुरियामाई सुरुङमार्ग आजदेखि सर्वसाधारणको अवलोकनका लागि खुला भएको छ। बागमती प्रदेश सरकारले जिर्णोद्धार सम्पन्न गरी विशेष कार्यक्रममार्फत सुरुङमार्ग हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले सुरुङमार्गको उद्घाटन गर्दै यस क्षेत्रलाई प्रदेशको महत्वपूर्ण पर्यटकीय गन्तव्य बनाउनका लागि सरकारले थप योजना बनाउने बताउनुभयो। उहाँले चुरियामाई क्षेत्रलाई मास्टरप्लानको आधारमा व्यवस्थित गरी पर्यटन प्रवर्द्धनको योजना अघि बढाइने पनि उल्लेख गर्नुभयो।

अवलोकन शुल्क र व्यवस्था:

•नेपाली नागरिक: प्रति व्यक्ति ५० रुपैयाँ

•विदेशी पर्यटक: प्रति व्यक्ति १२० रुपैयाँ

•विद्यार्थी: प्रति व्यक्ति २० रुपैयाँ

•निःशुल्क प्रवेश: ५ वर्षमुनिका बालबालिका, जेष्ठ नागरिक, र अपाङ्गता भएका व्यक्ति

सुरुङमार्गको यो उद्घाटनले स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय