छैटौं संस्करणको झापा गोल्डकपको तयारी तिब्र रुपमा भईरहेको छ । मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय मानिएको झापा गोल्डकपको मिति नजिकिएसंगै आयोजकले तयारी तिब्र रुपमा अगाडी बढाएको हो ।
छैटौं संस्करणको झापा गोल्डकपको तयारी तिब्र रुपमा भईरहेको छ । मोफसलकै प्रतिष्ठित एवं लोकप्रिय झापा गोल्डकपको मिति नजिकिए संगै आयोजकले तयारी तिब्र रुपमा अगाडी बढाएको हो । झापाको विर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता यही फागुन १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुनेछ । खेलाडि उत्पादन, खेल क्षेत्रको विकास र प्रबद्धनकालागि प्रत्येक बर्ष गोल्डकप गरिंदै आएको छ ।



प्रतियोगितालाई अघिल्लो संस्करण भन्दा अझ भव्य, सब्य र व्यवस्थित बनाउन आयोजक समिति कम्मर कसेर लागि परिरहेको छ । गोल्डकपका लागि रंगशालाको स्तरोन्नति र मर्मत लगभग सकिएको छ । डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट मानिन्छ । खेल मैदानको आकर्षणमा कुनै कमी हुन नदिन रंगशालामा उम्रिएका अनावश्यक झार उखेल्ने तथा प्राकृतिक घाँस रोप्ने काम सकिएको छ ।
रंगशालामा घेराबारा सहित करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माण कार्य लगभग सकिएको छ । प्रतियोगितामा आयोजकको तर्फबाट झापा ११ फुटबल क्लब, विभागीयसहित नेपालका ए डिभिजन क्लब र विदेशी क्लबको सहभागिता रहनेछ । गोल्डकपको विजेताले नगद १३ लाख र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकप सम्पन्न गर्न १ करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।



