काठमाडौं । जनचाहना उपभोक्ता सहकारी संस्था लिमिटेडले ११औं साधारण सभा सम्पन्न गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ राधाकृष्ण टोलस्थित आफ्नै कार्यालयमा आयोजना गरेको साधारण सभामा संस्थाका कानूनी सल्लाहकार, वरिष्ठ अधिवक्ता प्रा.डा. नृसिंहकुमार खत्रीले संस्थालाई खराब गर्ने र हानी नोक्सानी पुर्याउने व्यक्तिलाई हटाई मायाँ गर्ने व्यक्तिलाई लिएर अघि बढ्न सुझाव दिनुभयो । उहाँले इष्ट अर्थात साथी सहयोगी भलो चाहने र प्रष्ट व्यक्तित्वलाई राखेर संस्था चलाउन अध्यक्षलाई सुझाव दिनुभयो ।

प्रा.डा. खत्रीले नवौं साधारणसभा पछि संस्था क्रमिकरुपमा सुधार हुँदै गएको र दशौं साधारण सभामा गतिलिएको र त्यसपछि संस्था फरक ढंगले अघि बढ्दा ११औं साधारणसभासम्म आईपुग्दा सोचेको भन्दा गतिलिएको दाबी गर्नुभयो । उहाँले ऋणि सदस्यहरुकै कारण संस्था ओरालो लागेकोले त्यस्ता ऋणीहरुबाट ऋण उठाउन संस्था कठोर बन्नुपर्ने पनि बताउनु भयो । डा. खत्रीले सहकारीको ऋण लिएर नर्तिनु अपराध भएकोले समयमै ऋण तीर्न र झमेलाबाट मुक्त हुन पनि ऋणिलाई आग्रह गर्नुभयो । उहाँले सहकारीको अभिन्न अंग बचतकर्ता र उपभोक्ता भएकाले सम्बन्ध नै सकिने गरी दुबै पक्ष लाग्न नहुने, इमान्दार भएर अघि बढ्न सुझाव समेत दिनुभयो । उहाँले संस्था खडा गर्नु ठूलो कुरा नभएको तर, संस्था संचालन गर्न र टिकाउन गाह्रो भएकोले संस्थाको व्यवस्थापन समिति, शेयर होल्डर, सरोकारवाला र शुभचिन्तकले इमान्दार भएर लाग्न पनि आग्रह गर्नभयो ।

जनचाहना उपभोक्ता सहकारी संस्था लिमिटेडका अध्यक्ष शम्भुकुमार कार्कीले चन्द्रागिरि नगरपालिकामा भएका अधिकांश सहकारी मध्ये उपभोक्ता सहकारी नगरकै एउटै मात्र सहकारी भएको बताउनु भयो । उहाँले चन्द्रागिरि नगरपालिकामा उपभोक्ता सहकारी तीन वटा दर्ता भएको र त्यसमध्ये जनचाहना मात्र संचालनमा रहेको उल्लेख गर्नुभयो । कार्कीले सहकारीले ११औं वार्षिक साधारण सभा मनाउँदै गर्दा बचत तथा ऋणलाई भन्दा पनि उत्पादनलाई जोड दिएको बताउनु भयो ।

अध्यक्ष कार्कीले उपभोक्ता सहकारी भएकोले संस्था अहिले खाद्यान्नको काम गर्दै आएको र उपभोक्तालाई बजारको भन्दा कम मूल्यमा खाद्यान्न घरघरमै पुर्याउने व्यवस्था संस्थाले गर्दै आएको पनि बताउनु भयो ।

वि.सं. २०७१ साल असार ३२ गते सहकारी डिभिजन कार्यालयमा दर्ता भएर जनचाहना उपभोक्ता सहकारी संस्था संचालन हुँदै आएको छ । दर्ता भएसँगै सहकारीमा उतारचढाव हुँदै आयो । सहकारीले ऋणप्रवाह गर्ने र ऋण असुल उपर गर्न नसक्दा सहकारी समस्याको घेरामा उल्झिदै जान थाल्यो । बन्द हुन लागेको सहकारीलाई नयाँ तरिकाले लैजाने सोचका साथ अध्यक्ष शम्भुकुमार कार्की लागि परे । नयाँ भिजनका साथ जोडिएका व्यक्तिहरुले नयाँ ढंगले सहकारीलाई अगाडी बढाउन थालेपछि केही महिनामै सहकारीले पुनः गतिलिन थाल्यो । अहिले ११औं वार्षिक साधारण सभासम्म आईपुग्दा जनचाहना उपभोक्ता सहकारी संस्था लिमिटेड नगरबासी र सदस्यहरुको मन–मनमा बस्न पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय