काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा कम्युनिष्ट विचार धारा बोकेका सबै दल एकै ठाउँमा उभिनुको विकल्प नभएको बताउनु भएको छ ।
पार्टीनिकट महिला संघले आयोजना गरेको भेलामा अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय हित र जनजीविकाका लागि सबै कम्युनिष्टहरु एकीकृत हुनुपर्ने बताउनु भएको हो । उहाँले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपनि जनताको आर्थिक तथा सामाजिक रुपान्तरण हुन नसकेको भन्दै कम्युनिष्टहरु गोलबद्ध भए मात्र जनतालाई गरिबीबाट मुक्त बनाउन सकिने उल्लेख गर्नुभयो ।






