https://fb.watch/oZxyRkwAg6/?mibextid=Nif5oz

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानअन्तर्गत चन्द्रागिरि नगरपालिकामा घरदैलो कार्यक्रम गरेको छ । अभियानका इञ्चार्ज नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाको नेतृत्वमा शनिबार घरदैलो कार्यक्रम गरेको हो ।

पुरानो नैकापमा आयोजित कोण सभालाई सम्बोधन गर्दै माओवादी नेताहरुले जनताको सुझाव लिन, जनताको गुनासो सुन्न घरदैलो कार्यक्रम आयोजना गरिएको बताए । उनीहरुले यो अभियानबाट अन्य राजनीतिक पार्टीभन्दा फकर छौं भन्ने प्रमाणित गर्न खोजिएको पनि बताए । पार्टी र जनताबीचको सम्बन्ध जीवन्त राख्नका लागि अभियानको आयोजना गरिएको बताए ।

चन्द्रागिरिको नागढुंगाबाट सुरु भएको घरदैलो कार्यक्रम नैकापको तीनथाना खड्कुले पुलमा गएर समापन भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय