सिरहा । सिरहाको गोलबजार नगरपालिका–४ मा अवस्थित रामप्रताप रामप्रसाद ताम्ङ  जनता बहुमुखी क्याम्पसमा नेतृत्व परिवर्तन गरिएको छ। आर्थिक हिनामिना, अनियमितता र दुरुपयोगको आरोपमा प्रमुख किशोर साहलाई बर्खास्त गर्दै क्याम्पस व्यवस्थापन समितिले दिनेश यादवलाई नयाँ क्याम्पस प्रमुख नियुक्त गरेको हो।

आज विहान आयोजित कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरूको उपस्थितिमा यादवले औपचारिक रूपमा पदभार ग्रहण गरे।

सूत्रका अनुसार पूर्वप्रमुख साहमाथि क्याम्पस सञ्चालनमा पारदर्शिताको अभाव, अनुशासनहीन व्यवहार र वित्तीय अनियमितता गरिएको भन्दै विद्यार्थी तथा कर्मचारीहरूबीच असन्तोष चुलिएको थियो। सोही कारण उनलाई जिम्मेवारीमुक्त गरिएको समितिले जनाएको छ।

नवप्रमुख यादवले पदभार ग्रहणपछि पारदर्शी र उत्तरदायी नेतृत्वद्वारा क्याम्पसको सुधारमा आफू क्रियाशील रहने बताए। शैक्षिक वातावरणमा सुधार ल्याउने, समावेशिता प्रवर्द्धन गर्ने र सबै पक्षको विश्वास जित्ने दिशामा काम गर्नेछु,उनले संकल्प व्यक्त गरे।

यस परिवर्तनसँगै क्याम्पसमा शैक्षिक सुधार र सुशासनको नयाँ आशा पलाएको छ।भोलि विहान ७: बजे बिबिएस तेस्रो वर्षमा अध्यययन गरिरहेका विद्यार्थीले नयाँ क्यामप्स प्रमुख यादबलाइ स्वागत गर्ने कार्यक्रम राखेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय