जनै बनाएर यसको ब्यावसायबाट वार्षिक लाखौं रुपैयाँ कमाई गर्छन् भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । तर बुटवल राममन्दिर लाईनका एक व्यवसायीले जनै बनाउने पेसाबाटै राम्रो आम्दानी गर्न सफल भएका छन् ।
२०२७ मा गुल्मीबाट बुटवल झरेका बुद्धि प्रसाद्रले २०५८ सालदेखि जनै बनाउने पेसा सुरु गरेका हुन् । सुरुका बर्षमा ४०-५० हजार थान जनै बनाउने उनले हाल १५ देखी २० लाख जनै बनाउने गरको बताउँछन् । शास्त्रीय जनै, बैेधिक जनै, राधा पबित्र जनै निर्माण गदै आएका उनको राधा धागो उद्योग अन्तर्गत प्रत्यक्ष–अप्रत्यक्ष गरि तीन सय जनाले रोजगारीसमेत पाएका छन् । यो व्यवसायबाट वार्षिक ३० देखि ४० लाखसम्म आम्दानी गर्दछन् ।



याहाँ उत्पादन भएका जनै काठमाण्डौको हरेक पुजा सामाग्री भएका पसलमा पाईने पाण्डे बताउँछन् । आफ्ना दुई छोराले अहिले पूजा सामाग्रीको काम गरेर कारोबारमा सघाएको पाण्डे बताउछन् ।३५ बर्ष शिक्षण पेसाबाट अवकास जिवन विताएका पाण्डेको बुटवलमा जनै उद्योग र पूजासामाग्रीको थोक पसलसमेत रहेको छ । पुजा सामाग्रिको कारोबार पनि देशका बिभिन्न ठाँउमा विक्रि हुँदै आएको छ ।
प्रति जनैको मुल्य ३ देखि ४ रुपैया रहेको छ । जनै निर्माण गर्दा जनै बनाउने बिधि अनुसार सिखाहरु पारेर निमांण गर्ने गर्दछन् । आफुले जनै निर्माण गर्न थालेपछि ९० प्रतिशत आयात घटेको वताउछन् । जनै पूणिमालाई लक्षित गरेर अरुबेला भन्दा बढी उत्पादन हुने गर्दछ । त्यसैगरि विभिन्न संस्कारमा प्रयोग हुने धागोको डोरे र रक्षा बन्धनको धागो पनि तयार गर्ने गर्दछन् । बुटवलका बुद्धि प्रसाद पाण्डेको जनै ब्यावसाय प्रतिको आर्कषण, कामको निरन्तरता, मेहनत र प्रगति अरुको लागि पनि उदाहरणीय बनेको छ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



