पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिनाथ मन्दिरको गजुरमा राखिएको जलहरीमा आफ्नो लगायत तत्कालीन पदमा भएको व्यक्तिको नाम लेख्ने बिषय स्वभाविक भएको दावी गरेका छन्।
सरकारी निर्माण र नयाँ काममा राज्य प्रमुखको नाम लेख्ने प्रचलन नौलो नभएको ओलीको दावी छ। चितवनको भरतपुर बिमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दे उनले यस्तो दावी गरेका हुन्। पशुपतिको महत्त्व ,सास्कृतिक भाव र संस्कार नबुझेका व्यक्तिले टिप्पणी गरिरहेको भन्दै उनले जलहरी राख्दा भ्रष्टाचार भयो भनेर हौवा फैलाएको बताए ।



आफु सरकार प्रमुख भएपनि रकम दिने मात्रै काम गरेको र अरु निर्माण एवम् राख्ने काम पशुपति क्षेत्र बिकास कोषले गरेको भन्दै आफु कुनै हिसाबले नजोडिएको एमाले अध्यक्ष ओलीको भनाइ थियोे ।
बर्तमान सरकार पुर्ण रुपमा असफल भएको एवम् जनताको पक्षमा नभई स्वार्थ केन्द्रत काम मात्रै गरेको ओ लीको आरोप छ। बजेट पास गर्दा पनि ५३ प्रतिशतले मात्रै गर्नु सरकार फेल हुनु भएको ओलीले टिप्पणी गरे। भ्रष्टाचारका फाईल सरकारले नभई प्रहरीले खोलेको भन्दै वर्तमान सरकारले यो काममा पनि जस लिन नमिल्ने उनको धारणा छ।
ओली असार १५ मा हुने धान रोपाईमा सहभागी हुन चितवन आएका हुन्। उनले युवा,विद्यार्थी र व्यवसायीसग पनि छलफल गर्ने जनाइएको छ।रास्वपा सभापति रवि लामिछानेसँगै एउटै जहाजबाट विहिबार साझ चितवन आएका आलीले लामिछानेसंग रनवेमै केही समय कुराकानी गरेका थिए।



