सोलुखुम्बु र रामेछापको सिमानामा निर्माणाधीन लिखु –२ जलविद्युत आयोजनाको मेसिन बन्द भएर बाँधको पानी खोलातर्फ फर्किदा लिखु खोलामा जलाउँदै गरेको उमाकुण्ड गाउँपालिका–१ का ३२ वर्षीय झपडबहादुर थापाको शव बगाए पछि आइतबार दिउँसो खोजेर प्रहरी र परिवारको सहमति भएपछि आज अन्त्यष्टि गरिएको छ ।
रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीका अनुसार शनिबार साँझ आयोजनाको मेसिन बन्द हुँदा बाँध एक्कासी रोकिएर पानी खोलातर्फ नै फर्किदा खोलामा जलाउँदै गरेको शव बगाएको थियो ।स्थानीय निकाय लाई कुनै जानकारी नदिइ यसरी पानी छोडदा ठूलो समस्या आउन सक्ने कुरा लाई यो घटनाले थप पुष्टि गरेको छ ।जलाउदै गरेको शव खोलाले बगाए पछि रातभरि आफन्तले त्यहीँ रुगेर बसेका थिए ।



आइतबार बिहान उमाकुण्ड –१ टाङ्दिङ्ग बाट आएको प्रहरी र हाइड्रोपावरका कर्मचारी सहित आफन्तले खोजी गरेर शव भेटेपछि पिडितका परिवार लाई २ लाख क्षतिपूर्ति दिने , किन्जा देखि टाङ्दिङ्ग सम्म १४ वटा घाट उपयुक्त स्थानमा निर्माण गर्ने र आगामी दिनमा खोलामा पानी छोडदा पुर्व जानकारी दिने सहमती भएको मृत्कका आफन्त माधव बस्नेतले जानकारी दिए ।
लिखु हाइड्रोपावरमा यसअघि पनि यस्ता थुप्रै घटना बाहिर आएका छन । स्थानिय सरकार लाई नटेरोको भन्दै लिखुपिके गाउँपालिकाले त संघीय सरकार लाई गुहार्दै पत्र समेत लेखेको छ ।



