जाजरकोट भूकम्पमा परी शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १४३ पुगेको छ । जाजरकोट र रुकुम पश्चिममा गरी १४३ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेरसिंह कडायतले बताए। उनका अनुसार, दुवै जिल्लामा १६६ जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं पु¥याइएको छ।

भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोटमा १०५ जनाको ज्यान गएको छ। त्यस्तै, ८१ जना घाइते भएका छन्। रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको छ भने भूकम्पमा परी ८५ जना घाइते भएका छन्।

शनिबार बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो। भूकम्पले क्षति पु¥याएका क्षेत्रमा खोज र उद्धारको कार्य जारी रहेको डीएआईजी कडायतले बताए। खोज र उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या अझै थपिन सक्ने उनको भनाइ छ। शुक्रबार राति ११स्४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्नेच्युडको भूकम्प गएको थियो। भूकम्पले जनधनको क्षति भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय