जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ६२ जना पुगेको छ । सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मका शक्तिशाली भुकम्प जाँदा जापानमा ठुलो जनधनको क्षति भएको छ । हालसम्म प्रभावित क्षेत्रवाट करिब ५७ हजार मानिसको उद्धार गरिएको छ ।

प्रधानमन्त्री फुमियो किशिदाले उद्धारकर्मीलाई प्रभावित क्षेत्रमा थप सक्रियता देखाउन निर्देशन दिएका छन । करिब तीन हजार उद्धारकर्मी नोटो क्षेत्रमा परिचालन गरिएको छ । मुख्य क्षेत्रबाट सडक भत्किएका कारण सबैभन्दा बढी प्रभावित वाजिमा सहर पूर्णरूपमा बन्द भएको छ । भूकम्पपछि राहत कार्यकर्तालाई प्रभावित क्षेत्रमा पुग्न कठिनाइ भइरहेको बताइएको छ ।

हेलिकप्टरबाट गरिएको सर्वेक्षणमा धेरै ठाउँमा भवन भत्किएका र आगो लागेको देखिएको छ । इशिवाकाको सुजु सहरका झण्डै ९० प्रतिशत घर ध्वस्त भएको बताइएको छ । जापानी सेनाले प्रभावित क्षेत्रका जनतालाई खाना, कम्बल र पानी पु¥याउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय