जिल्ला अदालत महोत्तरीले सशस्त्र प्रहरीका असई थमन विकको हत्या मुद्दामा गरेको फैसलाप्रति विरोध जनाउँदै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल लोसपाले जलेश्वरमा विरोध प्रर्दशन गरेको छ । जिल्ला अदालतले लोसपाका प्रदेश सांसद अभिराम शर्मा लगायतलाई जन्मकैदको सजाय सुनाएकोमा विरोध जनाउँदै विरोध प्रदर्शन गरेको हो ।

लोसपाले अदालत र न्यायाधीश उद्धवप्रसाद भट्टराईको विरोध गर्दै जलेश्वरका विभिन्न भागमा विरोध ¥याली निकालेको हो । अदालतले बिहीबार विकको हत्या मुद्दामा लोसपाका प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्व मेयर रामशंकर मिश्र, लोसपाका नेता तथा जलेश्वर अस्पताल विकास समितिका पूर्व अध्यक्ष सुरेश पाण्डे, प्रदीप साह, सञ्जयकुमार साह, मोहन ठाकुर र धर्मेन्द्र रायलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय