बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–५ ठूलढुंगामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटबाट बागलुङ बजार जाँदै गरेको ग.१ च ९४८५ नम्बरको पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका– १ का २८ वर्षीय राजेन्द्र माझी र सहचालक बागलुङ जैमिनी नगरपालिका राङखानीका दुर्गा पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।प्रहरीका अनुसार बागलुङदेखि गलकोटसम्म पुगेर सामान बचेर फर्कने क्रममा जीप दुर्घटनामा परेको हो ।






