काठमाडौं । ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत बिर्तामोडमा आयोजित -यालीमा समर्थकले बिर्तामोडको दुई बैंकमा तोडफोड गरेका छन् । -यालीमा रहेका १२/१५ जनाको समुहले ज्योती विकास बैंक र एभरेष्ट बैंकको शाखा कार्यालय तोडफोड गरेको प्रहरीले जानकारी दिएको छ । बैंक तोडफोड गर्ने ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मनकुमार तामाङ, अन्जेश राई ‘बुलेट’, दीपेश राई र पवन दुलाललाइ प्रहरीले नियन्त्रणमा लिएको हो । उनिहरु बैंकको सिसा फुटाउँदै गरेको अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ । दुर्गा प्रसाईँको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ को युवा संगठन ‘नागरिक युवा दस्ता’ ले -याली निकालेको थियो । बिर्तामोड–५ को सिटी सेन्टरअगाडिबाट सुरू भएको -याली मुक्तिचोकतर्फ जाँदै गर्दा बैंक तोडफोड भएको हो ।






