झापाको रेड्स्टार फूटबल क्लब फुङ्लिङमा जारी ताप्लेजुङ गोल्डकपको सेमीफाईनलमा प्रबेश गरेको छ । आईतबार सम्पन्न दोश्रो क्वाटरफाईनल खेलमा पोखराको सहारा क्लबलाई २(० गोल अन्तरले पराजित गर्दै झापा सेमीफाइनलमा प्रबेश गरेको हो । खेलको ७७ औ मिनेटमा झापाका सबिन कुमार लुङेगेलिले पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाउनु भएको थियो । यस्तै खेलको दोश्रो हाल्फ्को इन्जुरी समयमा पेनाल्टी मार्फत झापाकै सविनले फेरी गोल गरी २–० को अग्रता दिलाउनुभएको थियो ।

अब झापाले साउन २७ गते हुने क्वाटरफाइनको अन्तिम खेलमा सिरहा र पाँचथर बीचको विजेतासँग खेल्ने भएको छ । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगितामा सोमबार भारत र काठमाडौँबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै हिजो सम्पन्न भएको पहिलो उद्‌घाटन खेलमा आयोजक तेल्लोक स्पोर्टिङ क्लबलाई पराजित गर्दै सुनसरी गोल्ड कपको सेमिफाइनलको यात्रा तय गरिसकेको छ ।

सुनसरीले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । साउन ३१ गते हुने प्रतियोगिताको विजेताले नगद सात लाख दुई हजार ८२ र उपविजेताले तीन लाख ५० हजार ८२ रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोत्कृष्ट बन्ने खेलाडीले बाइक समेत प्राप्त गर्नेछ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय