काठमाडौं । झापामा एक थुनुवाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–२ का ३९ वर्षीय थपेन्द्रबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । थुनुवा कार्की हाडनाता करणी गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थिए ।

बुधबार दिउँसो कार्कीको टाउकोमा समस्या देखिएपछि उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । अस्पतालमा सिटी स्क्यान गराउँदा टाउकोमा रगत जमेको देखिएकोले थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । उनको त्यही अस्पतालमा उपचारको क्रममा गएराति सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय