काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर २ त्रिभुवन राजपथ अन्तरगत नागढुंगा नौविसे सडक खण्ड अन्तरगत पर्ने झ्याप्ले खोलामा गएको पहिरोले शनिबार विहान देखि यातायात आवतजावतमा ठप्प भएको छ ।

चन्द्रागिरि नगरपालिकाले झ्याप्ले खोलामा गएको पहिरोले आवातजावत गर्न कठिनाई भएपछि निर्माणाधिन सुरुङमार्गलाई बैकल्पिक मार्गको रुपमा प्रयोग गरेको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले पहिरोका कारण लामो तथा छोटो दुरीका सवारी साधन तथा तरकारीका गाडीहरु बीचबाटोमै अपलपत्र परेपछि बैकल्पिक मार्गको रुपमा सुरुङमार्गलाई प्रयोगमा ल्याइएको बताउनु भयो । उहाँले झ्याप्ले खोलामा भएको उद्दारका लागि नगरपालिकाले सक्दो सहयोग गरेको र जतिसक्दो चाडो अवरोध हटाई यातायात संचालन गर्न तर्फ नगर लागि परेको बताउनु भयो । उहाँले सडक अवरोधले यात्रुहरु बीचबाटोमै अलपत्र परेको हुँदा उनीहरुको सेवा सुविधाको लागि नगरपालिकाले बसको व्यवस्था गरेको र यात्रुहरुलाई काठमाडौं ल्याउन थालिएको उल्लेख गर्नुभयो । मेयर गिरीले प्राकृतिक विपत्तिमा फसेका र परेका व्यक्तिहरुको उद्दारको लागि नगरपालिकाले आफ्नो बलबुताले भ्याएसम्म पहल गरिरहेको र झ्याप्ले खोलामा पहिरो कारण पुरिएका सवारीसाधन झिक्न स्काभेटर, जेसिभी सबै खर्च नगरपालिकाले नै ब्यहोर्ने जानकारी दिनुभयो ।

मेयर गिरीले अविरल वर्षासँगै पहिरोमा परी मृत्युभएका चन्द्रागिरि नगरपालिका वडा नम्बर २ का मृतकका परिवारलाई प्रतिव्यक्ति ५० हजारका दरले नगद राहत उपलब्ध गराउने पनि बताउनु भयो । उहाँले दुर्घटनामा घाइते भएकाहरुको निःशुल्क उपचारको व्यवस्था गरेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय