काठमाडौं । सिंगापुर एयरलाइन्सको बोइङ ७७७-३०० इआर विमान मंगलबार दुर्घटनामा परेको छ। सिएनएनका अनुसार लन्डनबाट सिंगापुर आइरहेको जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीस जना घाइते भएका छन् । जहाजमा २११ जना यात्रु र १८ जना चालक दलका सदस्य रहेको बताइएको छ । एयरलाइन्सले भने विमानमा सवार मानिसको संख्याबारे खुलाएको छैन । मृत्यु हुनेमा ७३ वर्षीय बेलायती नागरिक रहेका छन् ।
१८ जना घाइते अस्पताल भर्ना भएका छन् भने अरू १२ जनाको उपचार भइरहेको छ। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर भएको सिएनएनले उल्लेख गरेको छ । त्यस्तै बाँकी यात्रु र चालक दलका सदस्यको स्वास्थ्य परीक्षण भइरहेको एयरलाइन्सले जनाएको छ । टर्बुलेन्सु का कारण विमानमा गम्भीर गडबडी भएपछि सो विमान स्थानीय समय अनुसार अपराह्न ३ः४५ मा बैंककमा आपतकालीन अवतरण गरिएको थियो । सिंगापुरका राष्ट्रपति थर्मन शनमुगरत्नमले आफ्नो सामाजिक सञ्जालमार्फत् मृतकको परिवार र प्रियजनहरूप्रति समवेदनाु व्यक्त गर्दै एक विज्ञप्ति जारी गरेको सिएनएनले लेखेको छ । हामीसँग प्रभावितहरूको विवरण छैन। तर हामीलाई थाहा छ कि सरकारी मन्त्रालय, एजेन्सीहरू र एयरलाइन्सले सबै प्रभावितहरूलाई सहयोग गर्न सक्दो प्रयास गरिरहेका छन् । बैंककका अधिकारीहरूसँग समन्वय गरिरहेका छन्, राष्ट्रपति थर्मन शनमुगरत्नमले भनेका छन् ।



सिंगापुरका यातायात मन्त्री ची होङ टाटले पनि आफ्नो सामाजिक सञ्जालमार्फत भनेका छन्, घटनाबारे थाहा पाउँदा निकै दुःख लागेको छ । जहाजबाट यात्रुहरूको उद्धार गर्न डेढ घन्टा समय लागेको थियो । दुर्घटनाका कारण विमान क्षतिग्रस्त भएको छ।



