रूपन्देहीको तिलोत्तमामा रहेको पाँच तारे टाईगर प्यालेस रिसोर्टको व्यवस्थापन गैर आवासीय नेपालीहरुले लिएका छन । पाँच अर्व लगानी रहेको रिसोर्ट गैर आवासीय नेपालीहरूको कम्पनी हिमालयन टाईगरले किनेको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । १६ कठ्ठा जग्गा विवादपनि समाधान भएको दुई महिनाभित्र रिसोर्ट सञ्चालनमा आउने व्यवस्थापनले आज व्यवस्थापनको भनाइ छ ।
यसअघि रिसोर्ट अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपले चलाउदै आएको थियो । कोभिड महामारी र आन्तरिक विबादका कारण रिसोर्ट सञ्चालनमा आउन सकेको थिएन । रिसोर्टमा करिव एक हजारले रोजगार पाउने बताइएको छ । यसले पर्यटन विकासमा पनि सघाउने विश्वास गरिएको छ ।






