डोनाल्ड ट्रम्पको राष्ट्रपति पदमा अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीहरूलाई निष्कासन गर्ने प्रक्रिया तीव्र बनेको छ। अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको नयाँ सूची अनुसार, कुल १४ लाख ४५ हजार ५४९ जना आप्रवासीलाई निष्कासन गरिनेछ, जसमा १,३६५ जना नेपाली नागरिक पनि समावेश छन्।
राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गर्नासाथ अवैध आप्रवासीहरूको सामूहिक निष्कासनको अभियान सुरु गरेका थिए र यस प्रक्रिया अन्तर्गत, सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिकलाई निश्कासनको प्रक्रिया प्रभावी बनाइएको छ।



होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना आप्रवासीलाई निष्कासन गरिनेछ। साथै, चीन र भारतका पनि सयौं नागरिक यस प्रक्रिया अन्तर्गत प्रभावित हुनेछन्। यस निष्कासन प्रक्रिया र ट्रम्पको आप्रवासन नीति अमेरिकी र अन्तर्राष्ट्रिय राजनीतिमा ठूलो विवाद र बहसको विषय बनेको छ।



