काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् ।



उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक तस्बिर सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । ट्रम्पले शेयर गरेको तस्बिरमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ लेखिएको उल्लेख गरिएको छ ।
बीबीसीका अनुसार यो घोषणा अमेरिकाले भेनेजुएलामा गरेको सैन्य कारबाहीपछि आएको हो । गत जनवरी ३ मा भएको उक्त कारबाहीपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई नियन्त्रणमा लिएर अमेरिका पु¥याइएको बताइएको छ । उनीहरूमाथि अमेरिकामा हतियार तथा लागुऔषध तस्करीसम्बन्धी मुद्दा दायर गरिएको छ ।
यसैबीच भेनेजुएलाको आन्तरिक राजनीतिक व्यवस्थाअनुसार उपराष्ट्रपति डेल्सी रोड्रिग्वेजलाई कार्यवाहक राष्ट्रपति तोकिएको छ । ट्रम्पको घोषणाले अन्तर्राष्ट्रिय स्तरमा विवाद र चासो बढाएको छ भने विभिन्न देश तथा कूटनीतिक वृत्तमा यसको प्रतिक्रिया आउने क्रम जारी छ ।



