काठमाडौं । प्रथम माछापुच्छ्रे कप बुद्धिचाल प्रतियोगिता २०८० मध्यपुर ठिमीमा सुरू भएको छ ।
सहकारीकर्मीबीचको मित्रवत् सम्बन्ध कायम राख्ने उद्देश्यले बुद्धिचाल प्रतियोगिताको आयोजना गरिएको माछापुच्छ्रे साकोसका अध्यक्ष दीपसुन्दर श्रेष्ठले बताउनु भयो । जनआर्दश क्याम्पसमा खेल दुई दिनसम्म संचालन हुनेछ । प्रतियोगितामा ३५ जना खेलाडीले सहभागिता रहेको छ ।






