भोजपुर- हावाहुरीको कारण बनको लागेको डढेलो बस्तीमा पस्दा भोजपुर नगरपालिका १२ टक्सार माल्वासेमा ८ घर जलेर नष्ट भएका छन् । आज करिब सवा २ बजेतिर जंगलबाट सल्किएको आगो बस्ती पसेपछि स्थानीय नरबहादुर कार्की, रत्नबहादुर कार्की, गजेन्द्र कार्की, पुष्पबहादुर कार्की र पदमबहादुर कार्कीको आठ घर पूर्ण रुपले जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।आगालागीबाट मानवीय र पशुचौपाया क्षति नभएपनि अन्नपात, सुनचाँदी पूर्ण रुपमा जलेर नष्ट भएको पिडितहरुको भनाइ छ ।

घटनास्थलमा भोजपुर नगरपालिकाको बारुण यन्त्र, शसस्त्र प्रहरी बल, नेपाली सेना, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगालागी नियन्त्रणमा आएको छ । बस्ती आसपासका जंगलमा अहिले पनि आगलागी भईरहेको छ । क्षतीको पूर्व विवरण आउन बाकी रहेको छ । बढ्दो सुख्खा र खडेरीका कारण यस क्षेत्रका वनजंगलमा लाग्ने डढेलोले वर्षेनी नजिकैका गाउँबस्तीमा जोखिम बढ्ने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय