नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य डा।आरजु राणा देउवाको शल्यक्रिया सम्पन्न भएको छ । पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुको गत चैत्र १४ गते भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल साकेटमा हाइपर प्याराथ्योरिजमको शल्यक्रिया सम्पन्न भएको उनका स्वकिय सचिव कमल रावलले जानकारी दिए ।

आरजु विगत २ वर्षदेखि स्वास्थ्य समस्याका कारण चिकित्सकहरुको सल्लाहमा भारतको सो अस्पतालमा फलोअप उपचार गराइरहेको सचिवालयले जनाएको छ ।शल्यक्रिया पछि आरजुको स्वास्थ्य सुधारोन्मुख रहेको र चिकित्सकहरुको परामर्शअनुसार अझै केही समय अस्पतालमै उपचार गर्नुपर्ने भएको पनि रावलले बताए ।

यता नक्कली भुटानी सणार्थीको कुरा उठेपछि आरजु देउवा रातारात भारत गएको र उतै बसेको जस्ता विभिन्न अडकलबाजीका समाचारहरु समेत आउन थालेको थियो । साघु साप्ताहीकले पनी रवि लामीछाने गृहमन्त्री भएपछि आक्रामकरुपमा अनुसन्धान थाल्ला आरजु भारतमै बसेको हुनसक्ने आलको समाचार संप्रेशण गरेको थियो । https://www.sanghunews.com/content/87155

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय