बीरगन्ज- बचतकर्ताहरूको करीब डेढ अर्बभन्दा बढी निक्षेप रकम हिनामिना गरी फरार रहेको बीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था बिरुद्ध पिडीतहरुले प्रदर्शन गरेका छन्। पिडीतहरुले महिनौ देखि सरोकार निकाय, प्रशासन र प्रहरीमा धाउदापनि कुनै सुनवाइ नभएपनि पीडितहरु प्रदर्शनमा उत्र्रेका हुन । सानो पाइला सहकारीले सदस्यहरुले बचत गरेको निक्षेप रकम फिर्ता गर्न आनाकानी गरेको पीडितको भनाइ छ ।

वीरगञ्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा एक सय १५ भन्दा बढी पीडितले लिखित उजुरी समेत दिएका छन । सबै उजुरीमा गरी उक्त सहकारीले १ अर्बभन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको पीडितहरु बताउछन ।सरकारले सहकारीलाई पाँच महिना पहिला नै समस्याग्रस्त सहकारी घोषणा गरेको थियो । सहकारीका संस्थापक गितेन्द्रबाबु जिबी राई सहित १५ जनालाई पक्राउ गरेर अनुसन्धानका लागि यसअघि नै सिफारिस भैसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय