डोल्पा– डोल्पाको ठुलीभेरी नगरपालिका ५ माझफाल गाउँको एक घरमा भएको आगलागीमा नानु रोकायाको घर पूर्ण रूपमा नष्ट भएको छ। प्रहरीका अनुसार आगोको झिल्कोबाट लागेको आगाले रोकायाको दुईतले घर तथा नजिकैको देवताको मन्दिर समेत ध्वस्त भएको छ।
आगोको झिल्कोबाट रोकायाको घरमा आगलागी सुरु भएको थियो। ढुंगा, माटो, र काठले बनेको घर पूर्ण रूपमा जलेर नष्ट भएको स्थानीय प्रशासनले जनाएको छ। यद्यपि, घटनामा कुनै मानविय क्षति भने नभएको पुष्टि भएको छ। हालसम्म आगलागीका कारण घरभित्र रहेको सम्पत्ति कति नष्ट भयो भन्ने विवरण प्राप्त हुन सकेको छैन। आगलागी नियन्त्रण गर्न स्थानीय बासिन्दा र नेपाल प्रहरी सक्रिय भएका थिए।



बढ्दो खडेरी र आगलागीको जोखिम
प्रहरीका अनुसार हाल डोल्पामा खडेरी बढ्दै गएकाले आगलागीको जोखिम पनि उच्च रहेको छ। पछिल्लो एक सातामा मात्र डोल्पामा भएको आगलागीका कारण एक जनाले ज्यान गुमाइसकेका छन् भने जिल्लाका विभिन्न जंगलहरूमा दैनिक रूपमा आगलागीका घटना भइरहेका छन्।



