अर्घाखाँची– अर्घाखाँचीको ढाकाबांगमा सवारी जीप दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ। भने २ जना घाइते भएका छन्। भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ को ढाकावाङ्ग थापाडाडामा लु १ ज १६७९ नम्बरको सवारी जिप दुर्घटना भएको हो। दुर्घटनामा दुई जनाको घटना स्थलमै मृत्यु भएको वडा अध्यक्ष भोजराज खनालले बताए । भने २ जना घाइते भएका छन्।

दुर्घटनामा भूमिकास्थान-२ मुलटंकिका अन्दाजी ३२ बर्षका देवा बेल्वासे र सन्धिखर्क ८ खापडाडाका अन्दाजी ४० वर्षका डेमकला बेल्वासेको मृत्यु भएको स्थानीय टेकराज भुसालले बताएकाछन् ।

घटनाको वारे अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ । गाडि करिब १५० मिटर तल झरेको स्थानीयले बताएका छन्। भने पणेना-१ का कपिला खनाल पोख्रेल र सर्मिक पोख्रेल घाइते भएको र घाइतको अवस्था सामान्य रहेको र उपचारका लागि सन्धिखर्क पठाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय