पछिल्लो समय नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा आउने पर्यटकको संख्या बढ्दै गएको छ । हरेक वर्ष ढोरपाटनमा आउने पर्यटकको संख्या बढेपछि व्यवसायी र स्थानीय उत्साहित भएका छन् । सिकार आरक्ष कार्यालयका अनुसार पछिल्लो एक वर्षमा ३७ हजार ५२० पर्यटक ढोरपाटन आएका छन् ।यहाँ आउने अधिकांश आन्तरिक पर्यटक छन् भने केही विदेशी पर्यटक छन् । आर्थिक वर्ष २०८१/०८२ मा भन्दा आर्थिक वर्ष २०८२/०८३ मा झण्डै १३ हजार बढी पर्यटक ढोरपाटन आएको सिकार आरक्षका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८२/०८३ ३७ हजार ५२० पुगेकोमा ३७ हजार २७० जना नेपाली पर्यटक ढोरपाटन आएको उहाँको भनाइ छ । सुवेदीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा २३ हजार ६९२ र आर्थिक वर्ष २०८०/०८१ मा १५ हजार ५७३ पर्यटक ढोरपाटन आएका छन् ।

सामाजिक सञ्जाल तथा सञ्चार माध्यमबाट ढोरपाटनको तीव्र प्रचार हुँदा पर्यटकको आगमनमा वृद्धि भएको हो । पर्यटकको संख्या बढेसँगै आरक्षको राजस्वसमेत वृद्धि भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा पर्यटक प्रवेश शुल्कबाट ४७ लाख ६८ हजार ४०५ रुपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो वर्ष भने ३१ लाख २१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ ।
आरक्षले आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति रु १००, सार्क राष्ट्र भित्रका पर्यटकका लागि रु एक हजार ५०० र विदेशी पर्यटकबाट रु तीन हजार प्रवेश शुल्क तोकेको छ । आरक्षले खास गरि वन्यजन्तुको सिकारमार्फत ठूलो राजस्व संगलन गर्छ । त्यसका साथै उत्तरगंगा नदी क्षेत्रबाट उत्खनन् हुने ढुङ्गा, गिटी, बालुवार नदीजन्य पर्दाबाट पनि राजस्व संकलन गर्ने गरेको छ ।
खासगरि ढोरपाटन आउने पर्यटक बुकीपाटन, जलजला, ढोरपाटन लगायतका क्षेत्रमा पुग्ने गरेको ढोरपाटन उपत्यका होटल व्यवसायी बताउँछन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय