तनहुँ- पाल्पा जाँदै गरेको जीप तनहुँको भिमादमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । भीमाद नगरपालिका ५ सुनाकोटस्थित बारलथुम्कीको घुम्तीमा भएको दुर्घटनामा चालक सहित दश जना यात्रु घाइते भएका छन । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ फोर्स जिप आज बिहान भिमाद सेर्का बरालथुम्कीमा दुर्घटना भएको हो ।
दुर्घटनामा मृत्यु हुने दुबै जनाको पहिचान खुल्न बाँकी छ । घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ । सिकिस्त घाइतेलाई थप उपचारका लागि पोखरा पठाइको छ । अन्य घाइतेको जीपी कोइराला श्वासप्रश्वास अस्पताल बेलचौतरामा उपचार भइरहेको छ ।तनहुँको श्रृंगपथमा पर्ने सडकबाट जिप करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।






