विश्वकपको दक्षिण अमेरिकी छनोट अन्तरगत बुधवार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० गोलले हराएको छ । तनापूर्ण रहेको खेलमा अर्जेन्टिनाका लागि निकोलश ओटामेन्डीले ७३ औँ मिनेटमा गोल गरेका थिए ।

८२ औँ मिनेटपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो । खेल सुरु हुनुअघि नै दुई देशका समर्थकबीच कुटाकुट भएको थियो । सोही कारण खेल करिब आधा घण्टा ढिला सुरु भएको थियो । ब्राजिलको माराकानामा प्राप्त यो जितपछि अर्जेन्टिना १५ अंशसहित शीर्ष स्थानमा छ । ब्राजिल ७ अंकसहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय