काठमाडौं । ताप्लेजुङको फुङ्लिङ नगरपालिका काफ्लेपाटीमा केबुलकारको विषयलाई लिएर झडप भएको छ । पाथीभरा दर्शन केबलकार निर्माणका लागि शिलान्यास गर्ने कार्यक्रममा स्थानीय पहिचान पक्षधरले अवरोध गरेपछि झडप भएको हो ।
पाथीभरा दर्शन केवलकार निर्माणको शिलान्यास गर्ने कार्यक्रम हुँदै गर्दा पाथीभरालाई मुकुम्लुङका रूपमा आस्था राख्दै आएकाहरूले अवरोध गरेका हुन् । पाथीभरामा केवलकार निर्माण गर्दा प्रकृति नष्ट हुने भन्दै निर्माण गर्न नहुने भन्दै रोक्न लामो समयदेखि पहिचान पक्षधरहरूले आन्दोलन गर्दै आएका थिए ।



झडपमा ढुंगामुढा हुँदा केही व्यक्ति घाइते भएका छन् । संविधान सभा सदस्य डम्बरध्वज तुम्बाहाम्फे र फुङ्लिङ नगरपालिकाका मेयर अमिर मादेनले केबलकार निर्माणको शिलान्यास गरेका छन् ।



