ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । फक्ताङलुङ गाउँपालिका–५ तापेथोक याङसिला चौकमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पाँचथर फिदिम नगरपालिका–३ का २५ वर्षीय सरोज श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो । उहाँले लेलेपबाट तापेथोक तर्फ आउँदै गरेको मे १ च ५१९३ नम्बरको बोलेरो दिउँसो साढे १२ बजे दुर्घटनामा परेको बताउनु भएको हो ।

दुर्घटनाबाट फिदिमकै सह–चालक सौजन श्रेष्ठ गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । श्रेष्ठको ढाडमा चोट लागेकोले आधारभुत स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय