काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहार लक्षित सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको छ ।
टक्सार महाशाखाले १९ कात्तिक १९ गते देखि सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने भएको हो । गाईको चित्र अंकित २५ ग्रामको चाँदीको सिक्का चार हजार र गाई, लक्ष्मी, गणेश, र गजलक्ष्मीको चित्र अंकित १० ग्रामको चाँदीको सिक्का एक हजार ६ सय रुपैयाँमा बिक्री गर्ने भएको हो । राष्ट्र बैंकले १० ग्राम, पाँच ग्राम र २.५ ग्रामको सुनको असर्फी पनि बिक्री गर्ने छ । सुनको असर्फीको मूल्य साही दिन तोकिने बताइएको छ ।



राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाले कात्तिक २४ गते सम्म सुनका असर्फी र चाँदीको सिक्का बिक्री गर्ने छ ।



