काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँमा भएको हत्या प्रकरणको अनुसन्धान सकिएको छ ।
प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । प्रतिवेदनमा रिसिबीका कारण हत्या गरिएको उल्लेख गरिएको छ । प्रहरीले हत्या आरोपमा सञ्जय भण्डारीलाई पक्राउ गरेको थियो । उनी बोल्न नसक्ने भएकाले प्रहरीले दोभासेमार्फत बयान लिएको थियो । बयानमा भण्डारीले अन्य व्यक्तिको पनि आफुले हत्या गरेको स्वीकारका छन् । प्रहरीले ‘ब्रेन म्यापिङ’ गरेर अनुसन्धान गरेको थियो ।



भदौ २९ गते राति ११ः५५ बजेको समयमा तीनकुनेको गैरीगाउँस्थित दिव्य समिलमा पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, शुभद्रा भुजेल र विशाल राईको हत्या भएको थियो ।



