तुलसीपुरको गणपति तेलमिलमा भिषण आगलागी भएको छ ।राति करिब दुईबजे देखि सल्किएको आगो करिब चारबजे नियन्त्रणमा आएको थियो ।आगलागिबाट तेलको गोदाम पुर्णरुपमा जलेर नष्ट भएको छ ।

तुलसीपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष हिमाल बस्नेतको गणपति तेलमिलमा मध्यरातमा भिषण आगलागी भएपछि नेपाल प्रहरि,शसस्त्र प्रहरि र तुलसीपुर उपमहानगपालिकाको दमकलले आगो नियन्त्रणमा ल्याउन सफल भएपनि गोदाममा रहेको तेलहरु सबै नष्ट भएको मिलका सञ्चालक हिमाल बस्नेतले जानकारी दिनु भयो ।उहाका अनुसार आगलागी बाट उधोगको एउटा ब्लक पुर्णरुपमा छति भएको छ भने करिब दुई करोड बढिको क्षति भएको छ ।

ईलाका प्रहरि कार्यालय तुलसीपुरका डिएसपि पुष्पराज मल्लका अनुसार सिमित श्रोत र साधनका बिच आफुहरुले आगो नियन्त्रण गर्न सफल भएको बताए।थप बिबरण आउन बाकि रहेको डिएसपि मल्लले जानकारी दिनु भयको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय