काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । विमानस्थलको भन्सार कार्यालय विभागबाहिर कार्गो निरीक्षण गर्ने क्रममा सुन फेला परेको राजस्व अनुसन्धान विभागले जानकारी दिएको छ । भन्सारका अनुसार १६० टुक्रा सुन फेला परेको छ । सुनको परिणाम कति भन्ने यकिन हुन बाँकी रहेको राजस्व अनुसन्धान विभागले बताएको छ । सामानसहित ८० देखि १०० किलोसम्म हुनसक्ने अनुमान विभागको छ ।

बरामद भएको सुन अहिलेसम्मकै फरक शैलीबाट भित्र्याउन थालिएको अवस्थमा अवस्थामा विभागले सुराकीका आधारमा छापा मारेको बताइएको छ । हङकङबाट आएको क्याथे प्यासिफिक जहाजबाट बरामद भएको हो ।स्कुटरमा प्रयोग हुने ’ब्रेक सु’ मा राखेर उक्त सुन ल्याइएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको र परिमाण यकिन गर्न नेपाल राष्ट्र बैंक पठाइएको भन्सार विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय