थाइल्याण्डस्थित नेपाली दूतावासले दक्षिण-पूर्वी एशियाका केही देशहरूमा आकर्षक रोजगारीको नाममा नेपाली नागरिकलाई धोका दिएर गैरकानुनी काममा संलग्न गराउन पर्ने घटनाहरू बढिरहेको उल्लेख गर्दै नागरिकलाई सचेत रहन आग्रह गरेको छ। म्यानमारको गोल्डन ट्रयाङल क्षेत्रमा गैरकानुनी गतिविधिमा संलग्न गराइएका एक नेपाली नागरिकलाई थाइल्यान्डको सरकारी सहयोगमा नेपाल फर्काइएको घटना पनि साझा गरिएको छ।
दूतावासले वैदेशिक रोजगारीका लागि कानुनी प्रक्रिया मात्र पालना गर्न र आकर्षक पेशाको प्रलोभनमा नपर्न चेतावनी दिएको छ।






