सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब र त्रिभुवन आर्मी क्लबबीचको खेल बराबरीमा सकिएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । लाकेन लिम्बुले ६९औँ मिनेटमा गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए ।

खेलको ८६ औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई १–१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै १८ खेलमा २६ अंक जोडेको थ्री स्टार चौंथो र १८ खेलमा २५ अंक जोडेको आर्मी छैटौं स्थानमा रहेको छ । लिगअन्तर्गत आजै भएको विभागीय डर्बीमा नेपाल पुलिस क्लब बिजयी भएको छ ।

च्यासल मैदानमा भएको डर्बीमा पुलिसले एपीएफ क्लबलाई १–० गोल अन्तरले हराएको हो । पुलिसको जितमा मोसेस ग्याबाह तुमले ६१औँ मिनेटमा निर्णायक गोल गरे । जितसँगै पुलिसको १८ खेलबाट २२ अंक भएको छ । समान खेल खेलेको एपीएफको पनि २२ अंक रहेको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय